७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ठूलो परिमाणमा लागुऔषधसहित प्रहरी जवान पक्राउ

सिरहा– सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ। बर्दिया जिल्ला मोतिपुर– ४ घर भई ईलाका प्रहरी कार्यालय गोलबजारमा कार्यरत्त प्रहरी जवान नारायण ओलीलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो।

सोमबार मध्यराती भारतीय सहरबाट बिभिन्न नामका २०४४ थान प्रतिबन्धित लागु औषध चक्की(ट्याबलेट) ल्याउँदै गर्दा सीमावर्ती औरही गाउँपालिका –१ दरैहियाबाट गस्तीमा रहेको प्रहरी टोलीले ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा डिएसपी माधवराज खरेलले बताए।

प्रहरी जवान ओलीको साथबाट नाईट्राभेट १७४० थान(चक्की), स्पास्मो प्रोक्सिभोन ३०४ थान(क्यापसुल) बरामद गरिएको खरेलले बताए। उनलाई मंगलवार जिल्ला अदालत सिरहाबाट लागु औषध मुद्धामा म्याद थप गराई थप अनुसन्धान भैरहेको खरेलले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७५ १६:०९ मंगलबार

#अपराध #प्रहरी #लागुऔषध