२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गोक्यो तालमा वेपत्ता विद्यार्थीको उद्दार गर्न माग

विराटनगर- गोक्यो  तालमा डुवेर साउन १९ गते देखि वेपत्ता भएका  विद्यार्थीहरूको उद्दार गर्न प्रदेश १ को प्रदेश सभामा माग गरिएको छ। मंगलबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद  बुद्धिकुमार राजभण्डारीले  पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका विद्यार्थीको उद्दार गर्न सरकारसँग माग गरेका हुन्।

शैक्षिक भ्रमणमा गएका सोलु खुम्बुको खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत खुम्बु पासाङल्हामु गाउँपालिका–४ का पेम्बा दोर्जे शेर्पा, पेम्बा नुर्बु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का सुनील बराइली गोक्यो तालमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए। बेपत्ता भएको लामो सयमसम्म पनि उनिहरूको उद्दार हुन नसकेको सांसद राजभण्डारीले बताए। सोलुको गोक्यो ताल करिब १ किलोमिटर लामो, ८ सय ५० मिटर चौडा र ४३ मिटर गराईराईको रहेको राजभण्डारीले बताए। उनका अनुसार निक्कै गहिरो र ठूलो ताल भएकाले स्थानीय स्रोत साधनले उद्दार गर्न सम्भव नदेखिएकाले सरकारले विशेष व्यवस्था गर्न र आधुनिक गोताखोरबाट खोजि गर्न भण्डारीले सरकारको ध्यानाकर्षण गराएका छन्। यतिमात्रै हैन तालको पानी निक्कै चीसो र जुनसुकै वेला पनि बरफ जम्न सक्ने भएकाले त्यहि अनुसारको व्यवस्था गर्न राजभण्डारीले सरकारसँग माग गरेका छन्।

राजभण्डारीले उठाएको सवालका विषयमा जवाफ दिंदै आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर  कार्कीले विद्यार्थीको उद्दार गर्न स्रोत साधनको कमीका कारण प्रदेशस्तरबाट सम्भव नभएकाले संघीय सरकारलाई अनुरोध गरिएको बताए। उनले भने ‘प्रदेशमा उद्धार गर्ने क्षमता नभएकाले संघीय सरकारलाई अनुरोध गरिसकेका छौं।’ कार्कीले संघीय सरकारलाई गरिएको अनुरोध अनुसार गोताखोर काठमाडौंबाट लुक्ला विमानस्थल पुगिसकेको छ। तर, घटनास्थलको मौसम प्रतिकुल रहेका कारण लुक्ला पुर्‍याइएका गोताखोर घटनास्थल लैजना समस्या भएको छ। मौसम खुल्ने वित्तीकै गोताखोर घटनास्थल पुग्ने र उद्दारको काम सुरू हुने कार्कीले जानकारी दिए । विद्यार्थी वेपत्ता भएको ताल धेरै उचाइमा रहेको र तालको पानीसमेत जम्ने अवस्था रहेकाले तातो पानीमा उद्दार गर्न निपुर्ण वंगलादेशका गोताखोर र प्राविधिकले काम गर्न सक्ने अवस्था नभएकाले नेपालकै गोताखोर र प्राविधिक उद्दारमा पठाइएको कार्कीले बताए। उनले प्राविधिक र गोताखोरसहितको टोलि घटनास्थलमा पुग्नेक्रममा रहेकाले चाँडै विद्यार्थीहरूको उद्दार हुने सदनमा जानकारी दिए।  शैक्षिक भ्रमणका लागि खुम्जुङ मावि खुम्जुङका ३२ जना विद्यार्थी गएकोमा तीन जना छात्रहरू पौडी खेल्नेक्रममा तालमा डुवेका थिए।

प्रकाशित: २२ श्रावण २०७५ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App