२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालय गएका बालक मृत फेला

भोजपुर - भोजपुरमा एक वालक मृत अवस्थामा भेटिएका छन्। भोजपुर नगरपालिका २ धापखर्क आधारभुत विद्यालयमा पढ्न गएका सुवास तामाङ्ग मृत फेला परेका हुन्। 

स्थानिय वाल कुमार तामाङ्गका १३ वर्षीय छोरा  सुवास तामाङ्ग सोमवार भोजपुर नगरपालिकाको सुन्तलेमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ। वालक सुन्तले हेलौछा सडक खण्डमा वनाएको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। वालकलाई स्थानियले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए।

वालकको हत्या वा आत्माहत्या भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। वालक धापखर्क आधारभुत विद्यालय अध्ययनरत थिए।

 

प्रकाशित: २१ श्रावण २०७५ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App