१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गहुँको बोरामा कपडा तस्करी

वीरगञ्ज – भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करिब २ लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले बिहीबार बिहान जाँचको क्रममा सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेको बताए। 

भारत मोतिहारीअन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहँुको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताए। 

प्रहरीले पक्राउ परेकोे कपडा तथा ६ लाख मूल्य बराबरको कार आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।   (रासस)

प्रकाशित: १७ श्रावण २०७५ ०८:०८ बिहीबार

गहुँको बोरामा कपडा तस्करी