चितवन- नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रकाशित: ११ श्रावण २०७५ १३:२० शुक्रबार