१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लागुऔषध सहित एक पक्राउ

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार राती २ बजे भरतपुर महानगरपालिका १० बाट एक जनालाई लागुऔषध सहित पक्राउ गरेको छ। भरतपुर ११ का २० वर्षिय सुवास राई विक्रम मार्गमा हिँडिरहेका बेला खानतलासी गर्दा लागु औषध सहित प्रक्राउ परेको प्रहरी जनाएको छ।

राईको झोलाबाट प्रहरीले डाईजेपाम १४४ एम्पुल, व्युप्रिनर्फिन १४२ एम्पुल र फेनारगन १४० एम्पुल बरामत गरेको छ। पक्राउ परेका राईलाई लागु औषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० श्रावण २०७५ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App