६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

डिआइजी नेतृत्वको टोली जुम्लामा

जुम्लामा स्वास्थ्यकर्मीमाथि बल प्रयाेग गर्दै प्रहरी । फाइल तस्विर

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्ती काठमाडौं लैजाँदा भएको घटनाको छानबिन गर्न डीआईजीको टोली जुम्ला पुगेको छ।

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चुडामणी बुढाथोकीको तीन सदस्यीय टोली जुम्ला अस्पतालमा भएको घटना छानबिन गर्न पुगेको हो। अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुले पनि घटनाको छानबिन गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारवाहीको माग गरिरहेका छन्।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोलीसम्म चलाएकाले घटनाको छानबिन गरि दोषीमाथि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् भने प्रहरीले गोली नचलाएको दाबी गर्दै आएको छ। अस्पतालभित्रै प्रहरीले लाठीचार्ज गर्दा दुई दर्जन बढी चिकित्सक र विद्यार्थी घाइते भएका थिए। घटनामा तीन जना प्रहरी पनि घाइते भएका थिए। एक प्रहरी भने गोली लागेर गम्भीर घाइते भएका थिए। उनको काठमाडौंमा उपचार जारी छ। घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ।

प्रकाशित: ७ श्रावण २०७५ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App