पर्सा- किताबको प्याकेट जस्तै बनाएर तस्करी गर्न लागिएको ७० किलो गाँगा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले नियमित चेकजाचको क्रममा जितपुर ठोरी जनता रोड बाट ७० केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।
गाँजा सहित ओसारपसारमा संलग्न पर्सा जिल्ल्ला पर्सगढ़ी नगरपालिका ३ बस्ने सवारी चालक बर्ष २६ को गोबिन्द कुमार चौधरी र पर्सगढ़ी – ९ बस्ने वर्ष ३३ को दिनेश कुमार दास थारु सहित गाजा बोक्न प्रयोग भएको सवारी साधन ना.१ ज.२४९३ न. को काठमाडौं – पर्सगढ़ी चल्ने टाटा सुमो र उनीहरुको साथमा रहेको दुई थान मोबाईल समेत बरामद भएको छ। उनीहरुलाई आवश्यक कारबाहीको लागि प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक मनोज खड्काले जानकारी दिए।
प्रकाशित: ५ श्रावण २०७५ १२:२५ शनिबार