२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी न्यौपानेलाई सम्मान

पाल्पा–    रम्भा गाउँपालिकाले नागरिक दैनिकका पाल्पा संवाददाता मुक्ति न्यौपानेलाई सम्मान गरेको छ।

गाउँपालिकाले ग्रामीण क्षेत्रबाट विकास पत्रकारितामा कलम चलाएकोमा पत्रकार न्यौपानेलाई सम्मान गरेको हो ।
गाउँपालिकाले दोस्रो गाउँसभा समापनका अवसरमा न्यौपानेलाई सम्मान गर्यो । ग्रामीण क्षेत्रका विकास निर्माण प्रक्रिया, सुशासन, पारदर्शीता, जवाफदेहीता, कृषि तथा पशुपालनमा कलम चलाएको भन्दै सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जनतालाई सूसुचित गर्न महत्वपूर्ण योगादान पुर्याएको भन्दै सम्मान गरिएको बताए । न्यौपाने विगत १० वर्षदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल छन्।

 गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५।७६ को लागि योजना तथा नीति पारित गर्दै सभा सम्पन्न समेत गरेको छ । प्रदेश नं. ५ का सांसद नारायणप्रसाद आचार्यले मुलुकले नयाँ संघीय संरचना अनुसार केन्द्र, प्रदेश तथा स्थानीय तहको लागि आवश्यक नीति, ऐन, नियम निर्माण गरि विकासका कार्यमा अभ्यास गरिरहेको बताए । रम्भा गाउँपालिकाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक क्षेत्रमा जनप्रतिनिधीको योजना अनुसार तय गरिएको कार्यक्रमलाई प्रदेश सरकारले समेत सघाउने आचार्यले बताए।

गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा सहायक लेखापाल सन्तोष थापा, वडा १ नं. हुँगी स्वास्थ्य चौकीका ईन्चार्ज रेशम पंगेनी, कृष्णगण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भण्डारीलाई नगद पुरस्कार, सम्मान पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै पत्रकारहरु रामप्रसाद भण्डारी, एवत सारु, गोपीकृष्ण बस्याल, खुमबहादुर पौडेललाई पनि सम्मान गरिएको थियो।

 

प्रकाशित: १ श्रावण २०७५ ०५:०७ मंगलबार

नागरिककर्मी न्यौपानेलाई सम्मान