२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सामुहिक बलात्कारमा परेकी महिलाको उद्धार

उदयपुर - सामुहिक बलात्कारमा परेकी एक महिलाको उदयपुर प्रहरीले आईतबार राती उद्धार गरेको छ ।  सिराहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको बा १४ च ६८१७ नम्बरको स्कारपियो जीपमा ४ जना युवाको नियन्त्रणमा रहेकी ति महिलालाई प्रहरीले चेकजाँचका क्रममा उद्धार गरेको हो। 

प्रहरीले घटनामा संग्लग्नलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामा सिराहा जिल्ला लाहान नगरपालिका ७ का २४ वर्षीय अमित गुप्ता, सोही ठाउँका २५ वर्षीय बिबेक साह , २५ वर्षीय सन्देश गुप्ता तथा सिराहाकै मिर्चया नगरपालिकाका २६ वर्षीय नितेशकुमार साह रहेका छन्। 

पिडीत महिलाले आफुलाई आइतबार राती अन्दाजी १०ः०० बजे लाहान बजारबाट उनीहरुले जबरजस्ती उठाएर गाडीमा हाली केही टाढा लगेपछि सामुहिक बलात्कार गरेको बयान दिएकी छिन् । आँप बेचेर जिविकोपार्जन गर्ने भारतीय मूलकी ती महिलामाथि सामुहिक बलात्कार कसरी र किन भयो भन्ने विषयमा अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। 

प्रकाशित: ३२ असार २०७५ १०:१४ सोमबार

सामुहिक बलात्कारमा परेकी महिलाको उद्धार