१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

डाक्टर गोविन्द केसीको समर्थनमा अछामको बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीले प्रदर्शन गरेको प्ले कार्ड । तस्विर : खम्म खत्री / नागरिक

अछाम – नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

डाक्टर केसीले उठाएका रहेक मुद्धाहरु आम जनताको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत सबै कर्मचारीले हात हातमा प्ले कार्ड लिएर बिहीवार उनको सर्मथन जनाएका हुन । डाक्टर केसीको जीवनरक्षाका लागी नैतिक सर्मथन स्वरुप प्ले कार्ड प्रर्दशन गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले जानकारी दिए।

सुदूरपश्चिममा मेडिकल कलेजको काम तत्काल अगाडी बढाउनुपर्ने, मेडिकल शिक्षा सबैका लागी समान हुनुपर्ने, डाक्टर केसीको जीवनरक्षा गर भन्ने लगायतका प्लेकार्डहरु प्रर्दशन गरिएका थिए । डाक्टर केसीले उठाएका मागहरुमा ऐक्बद्धता जनाउदैँ निर्देशक ढुंगानाले उनका मागहरु सुनुवाई गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
फोटो क्याप्सन

 

प्रकाशित: २८ असार २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App