५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

औषधिभन्दा धामीमै विश्वास

जुम्ला - जुम्लाको गोठीचौर गाउँपालिका मणिसाघुमा स्वास्थ्यचौकी छ। यो गाउँका खड्कबहादुर बुढा आफू बिरामी हुँदा होस् वा परिवारका सदस्य बिरामी हुँदा, रोग निको पार्न उनी सुरुमै धामीको शरणमा पुग्छन्। उनलाई उपचारमा त्यति भर छैन बरु धामीझाँक्रीप्रति गाढा विश्वास छ। उपचारमा किन विश्वास भएन? उनी भन्छन् ‘स्वास्थ्य चौकीको औषधिजति खाए पनि छुँदैछुन्न, बरु धामीझाँक्री ग¥यो भने निको भइहाल्छ।’ भनेको समयमा स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नभेटिनुको सकस पनि उस्तै । यसर्थ उनका लागि पहिलो डाक्टर छिमेकमै रहेका धामी हुन्।

बुढामात्रै हैनन्, यो गाउँका पहिलो डाक्टर भनेकै धामीझाँक्री हुन्। नजिकै रहेको स्वास्थ्यचौकी नपुगेर धामीको शरणमा पुग्ने यो गाउँका स्थानीय त्यति बेलामात्रै अस्पताल पुग्छन् जति बेला उनै धामीले रेफर गरिदिन्छन्। धामीले रेफर नगर्दासम्म स्वास्थ्य संस्थामा जान बिरामी मान्दैनन्। ‘धामीले सक्दिन, अस्पताल जाऊ भनेपछि मात्रै अस्पताल जान्छम्,’ खड्का भन्छन्।

रोग देउताकै कारण लागेको भन्ने जनविश्वासले स्वास्थ्यसंस्थाको औषधिमा विश्वास नगर्ने चलन जुम्लाका विकट गाउँमा व्याप्त छ। त्यसमाथि राज्यले भरपर्दो उपचार सेवा प्रवाह गर्न नसक्नु र आधुनिक उपचारको विश्वसनीयता कायम गर्न नसक्नु पनि समस्याको कारण हो।

रोग देउताकै कारण लागेको भन्ने जनविश्वासले स्वास्थ्यसंस्थाको औषधिमा विश्वास नगर्ने चलन जुम्लाका विकट गाउँमा व्याप्त छ। त्यसमाथि राज्यले भरपर्दो उपचार सेवा प्रवाह गर्न नसक्नु र आधुनिक उपचारको विश्वसनीयता कायम गर्न नसक्नु पनि समस्याको कारण हो। जुम्लाका अधिकांश विकट क्षेत्रका नागरिकले गाउँमा रहेका स्वास्थ्यसंस्था जनताको स्वास्थ्य हितअनुकूल नरहेको बताउँछन्। ‘स्वास्थ्य चौकीको औषधिको न पैसा लाग्छ, न औषधि लाग्छ’, पातारासी गाउँपालिकाका सिंह बोहोरा भन्छन्, ‘न त औषधि गर्दिने डाक्टर भेटिन्छन्, गाउँमा औषधिमूलो राम्रो पाइएला भन्ने त सपना नदेखे पनि भयो।’

पछिल्लो समयमा भने गाउँका डाक्टर धामी नै स्वास्थ्य संस्थामा उपचारका लागि जान प्रेरित गरिरहेका छन् । स्वास्थ्यका जानकार भन्छन्, ‘यो जुम्लाका लागि ठूलो अभियान हो।’ रोग देवीदेवता लागेर नभई संक्रमणका कारण हुने भन्दै उपचारका लागि स्वास्थ्यसंस्थामा जान प्रेरित गर्ने धामीलाई अप्ठेरो नै छ। स्थानीयले सरकारी स्वास्थ्यसंस्थाको पटक्कै विश्वास गर्दैन्न । तिला गाउँपालिका ९ का धामी ऐमान बुढा स्वास्थ्यसंस्थाप्रतिको अविश्वासले झारफुकको पुरानो संस्कृति तोडिन नसकेको बताउँछन्। ‘धामी झाँक्रीकै भर पर्दा कैयनको ज्यान गएका उदाहरण पनि सुन्छौं’, उनले भने, ‘झारफुककै भरमा पारेर कसैको ज्यानमाथि खेलबाड गर्नु हुन्न भनेर हामीले स्वास्थ्यसंस्थामा उपचारका लागि जान सल्लाह दिन्छौं तर बिरामीले मान्दैनन्।’

पहिलो उपचार धामीझाँक्रीसँगै गराएर उनीहरुले रेफर गरेपछि मात्रै अस्पताल धाउने प्रचलन अहिले पनि कायमै रहेको जुम्ला सिंजाका जग्गीलाल रोकायाले बताए। ‘धामीझाँक्रीको भरमा परेर कतिपय मानिसले ज्यान नै गुमाउने अवस्था हुन्थ्यो, पछिल्लो समयमा जुम्लाका धामीझाँक्रीले नै बिरामीलाई स्वास्थ्यसंस्थामा उपचार गर्न सल्लाह दिने गरेका छन्,’ रोकायाले भने, ‘तरपहिलो उपचार धामीले गरेपछि मात्रै बिरामी अस्पताल पु-याइन्छन्।’

यता धामीझाँक्रीले झारफुक गर्दा सञ्चो नभएका अधिकांश बालबालिकालाई अस्पतालमा लग्दा कुपोषण लागेको भेटिएको चिकित्सक बताउँछन्। अन्धविश्वासले जरा गाडेको जुम्लाामा बिरामी भएपछि धामीझाँक्रीकहाँ जाने प्रचलन अझै पनि यथावत् छ तर अधिकांश ठाउँका धामीझाँक्रीले पहिले उपचार स्वास्थ्यसंस्थामा गर्नुपर्ने भन्दै बिरामीलाई अस्पताल पठाउने गरेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

स्थानीयले सरकारी स्वास्थ्यसंस्थाको उपचार राम्रो नभएको गुनासो गरिरहेको भए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँको स्वास्थ्यक्षेत्र सबल र सक्षम रहेको दाबी गरेको छ । जुम्लामा औषधि र जनशक्तिको अवस्था सनतोषजनक रहेको दाबी कार्यालयको छ। जुम्लामा २९ वटा स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एक सहरी स्वास्थ्य क्लिनिक र १० वटा सामुदायिक स्वास्थ्य एकाइ छन्। जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख अंगदबहादुर शाहीले जिल्लाभर ५ अनमी, ५ एचए, २ अहेब, एकजना ल्याब असिस्टेन्ट र एक पब्लिक हेल्थ नर्सको दरबन्दी खाली छ । खाली भएको दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगसँग कोटा माग भइसकेको उनले बताए। उनले गाउँका स्वास्थ्यसंस्थामा औषधि अभाव हुन नदिएको दाबी गर्दै हरेक स्वास्थ्यसंस्थाबाट गुणस्तरीय सेवा दिइरहेको बताए। ‘स्थानीय तहले पनि औषधि खरिद गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले पनि तीन महिनालाई पुग्ने औषधि दिइसकेको छ’, शाहीले भने, ‘पछिल्लो समयमा गाउँको स्वास्थ्यसेवा प्रभावकारी र नियमित बन्दैछ ।’ सरकारले स्वास्थ्य संस्थामा ३५ प्रकारका औषधि निःशुल्क पठाउने गरेको छ।

प्रकाशित: २७ असार २०७५ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App