२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घुससहित गाउँपालिकाका ईन्जिनियर पक्राउ

नेपालगन्ज-घुससहित बाँकेको डुडुवा गाउँपालिकाका ईन्जिनियर तेजराज खड्का पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटिएको टोलीले नेपालगन्जको विपीचोकस्थित दंगाली केसी मःम सेन्टरबाट शुक्रबार राती एक लाख रूपैयाँ नगदसहित खड्कालाई पक्राउ गरेको हो।

 डुडुवाको हिरमनियामा माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी अख्तियार कार्यालयमा पुगेको थियो । सोही उजुरीका आधारमा पछ्याईरहेको अवस्थामा ईन्जिनियर खड्कालाई रंगेहात पक्राउ गरिएको अख्तियार कार्यालय कोहलपुरले जनाएको छ।

यसअघि असार १५ गते पनि बाँकेको बैजनाथ गाउँपालिकाका ईन्जिनियर मजिद खाँ २५ हजार घुस सहित पक्राउ परेका थिए । बैजनाथ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय बनकटवा बाँकेका ईन्जिनीयर मजिद खाँले बैजनाथ–८ स्थित माटो पटान तथा ग्राभेल सडक निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि खाँले सेवाग्राहीसँग घुस रकम मागेका थिए । सेवाग्राहीको उजुरीका आधारमा खाँलाई कोहलपुर–४ मदनचोक स्थित सार्वजनिक प्रतिक्षालयबाट घुस रकमसहित पक्राउ गरिएको थियो।

 

प्रकाशित: २३ असार २०७५ ११:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App