२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कारको आरोपमा २ पक्राउ

भोजपुर – भोजपुरमा बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा रामप्रसाद राई गाउँपालिका १ बस्ने नाम परिवर्तित १४ वर्षीय सनम रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

राईले सोही ठाउँकी ५ वर्षीय बालिकालाई करणी गरेका थिए। सनमले  बालिकालाई एक्लै भएको मौका पारी छिमेकीको घरमा लगेर गत ११ गते करणी गरेको प्रहरीले जनाएको छ। पीडित बालिकाको स्वास्थ्य परिक्षण गरिएको र पक्राउ परेका आरोपित माथि म्याद थप गरेर अनुुसन्धान शुरु गरेको प्रहरीले जनाएको  छ।

यसैगरी शारीरिक रुपमा अशक्त युवतीलाई करणी गरेको अभियोगमा आमचोक गाउँपालिका १० पांचाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय पुर्ण बहादुर राई छन्। राईले अशक्त भएकी २९  वर्षीय युवतीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको प्रहरीकाे भनाइ छ।

गत वर्षको पुस देखि पटक पटक जबरजस्ती करणी गर्दै आएका राईले पछिल्लो समय गत साल फागुन १२ गते करणी गरी गर्भवती बनाएका थिए। राईलाई असार १४ गते पक्राउ गरी थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ असार २०७५ १२:५८ आइतबार

बलात्कारको आरोपमा पक्राउ