चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। विभिन्न ४ स्थानमा पहिरो खसेका कारण सोमबार बिहानैदेखि खडक अबरुद्ध बनेको थियो।
सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खखेकोमा अहिले पहिरो पन्छाएर एकतर्फि सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउने काम भइरहेकाले केही समयमै बाटो पूर्णरुपमा खुल्ने प्रहरीले बताएको छ ।
प्रकाशित: ११ असार २०७५ ०२:४७ सोमबार