गुल्मी- गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए ।
प्रहरीका अनुसार बालिकाको टाउकोमा चोट लागेको छ । शव नग्न अवस्थामा रहेको छ । बालिकाको शवलाइ रातिनै सदरमुकाम ल्याएर पहिचान गर्ने प्रयास भएपनि कुहिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादबले बताए ।
घटनास्थल वरपरका सबैलाइ खबर गरेपनी कसैले शवको पहिचान नभएको स्थानीय कृष्ण घिमिरेले बताए ।
प्रकाशित: १७ जेष्ठ २०७५ ०३:१९ बिहीबार