४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट

कञ्चनपुर – कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजारमा आइतबार बिहानै बम विस्फोट भएको छ । 

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ । 

प्रकाशित: १३ जेष्ठ २०७५ ०७:४३ आइतबार

कञ्चनपुरको भीमदत्तगरमा बम विस्फोट