१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्खालले किच्दा बालकको मृत्यु

इटहरी – पुललाई संरक्षण गर्न बनाएको पर्खाल लड्दा पौडी खेल्दै गरेका सुनसरी रामधुनीका एक बालकको शुक्रबार दिउँसो मृत्यु भएको छ।

रामधुनी वडा नं. २ मा प्लटिङ गरेको स्थानमा पुग्नका लागि बनाएको पुलको दक्षिणतर्फको पर्खाल लडेर किच्दा स्थानीय महमद हवीवव मनसुरीका १२ वर्षीय छोरा महमद गुलाबको मृत्यु भएको हो।

पर्खाल लड्दा घाइते भएका गुलाबको इनरुवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमरियाले बताए। गाईबस्तु चराउन गएका गुलाब अरु साथीहरूसँग गर्मी छल्नका लागि नालाको पानीमा पौडी खेलिरहेका थिए।

पर्खाल लड्दा गुलाबका साथी महमद सर्फराज घाइते भएका छन्। उनलाई इनरुवा अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App