१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

धार्मिक आस्थाको केन्द्र छत्रेश्वरी

रुकुम - छत्रेश्वरी सल्यानको धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो । सत्यदेवी भारतको उज्वाइन भन्ने ठाउँको अग्नी कुण्डमा हाम फालिन् । त्यहाँ उनको शरीर केही गलेन।

उनको मृत शरीरलाई महादेवले बोकेर हिँडे । उनी हिडँदै हिडँदै नेपाल पुगेँ । नेपालका हिमाल, पहाड सबै ठाउँ पुगेँ। तर पनि सत्यदेवीको मृत शरीरमा दाग लागेन र शरीर गलेन्। यस्तो देख्दा विष्णुमय देवी देवतालाई पनि अत्यास लाग्यो । देवी–देवताहरु पनि उक्त शरीर गलाउन लागे । देवी–देउताहरूले सानो झिँगा मृतक सत्यदेवीको शरीरमा पारेँ । ५२ अङ्गहरू ठाउँ ठाउँ खसेँ । लक्षिणपुरमा आएर बाँया करङ पतन भयो। त्यस ठाउँबाट घुम्दै आउँदा दाङको देवीकोटमा बायाँ कुर्कुचा पतन भयो।

त्यहाँबाट महादेव सल्यानको छत्रेश्वरी ठाउँ पुगेँ । मृत शरीरका सबै सेष अङ्गहरु त्यहाँ खसे र पतन भए । त्यति सम्म महादेवलाई थाहा थिएन् । उनी उक्त ठाउँबाट हिडँ्न खोजेँ । दाइने दिशाबाट परिक्रम गर्दै गर्दा छायाँ ढुङ्गा सम्म पुगेँ । त्यहाँ गोलो आकारको सुन्दर र आकर्षक ढुङ्गा थियो । त्यसलाई लिन भगवान महादेवले उठाएर टाउको राख्न खोज्दा उक्त ढुङ्गा अकस्मात् सिसा भयो । उक्त सिसा मार्फत् सबै मुहार देखियो । आफनो मात्र मुहार देखे तर सत्य देवीलाई देखेनन । त्यस दृश्य पश्चात महादेव बेहोस् भए । विष्णु, महेश्वर, काली सबै देवी देउताहरु महादेव बेहोस् भएपछि सृष्टिमा केही पनि नरहने भन्दै ब्युझ्याँए । महादेव उठाए । उक्त स्थानबाट दायाँ परिक्रममा गराए । महादेवलाई पवित्र जल चाहिएकाले उनलाई शंकमुल कुण्डधाम लगियो।

त्यहाँ शंक मारेर जल निकालियो । उनले त्यहाँ नै स्नान गरेँ । कैलाश गए । कैलाश जाँदा उनले हे, सत्यदेवी तिम्रा सबै सेष अंग यही रह्यो । यहाँ आउने भक्तजनहरुलाई आर्शीवाद दिनु, तिर्थयात्रीहरूलाई वरदान दिनु, बेखुशी नबनाउनु, यहाँ सबैले तिम्रो भक्ति गर्ने छन् भनेको किवदंन्ती उल्लेख छ । त्यसपश्चात् यहाँ पुजा–पाठ सुरू भएको थियो। अहिले यसलाई संरक्षण गरी एक सुन्दर र आकर्षक धार्मिक गन्तव्य निर्माण गरिएको छ। सोही बेलादेखी सुरू भएको धार्मिक स्थल अहिले धार्मिक आस्थाको केन्द्र बनेको छ।

सल्यान जिल्लासँंगै छिमेकी जिल्ला रूकुम, रोल्पा, दाङ लगायतका तिर्थालुहरूका लागि यो एक धार्मिक गन्तव्य बनेको छ । यहाँ कर्णाली प्रदेशको राजधानी र दाङ देखी सीधा सवारी साधान मार्फत् पुग्न सकिन्छ । अहिले यहि मन्दिरको नामबाट गाउँपालिकाको नाम समेत नामाकरण गरियो।

नागाबाबा प्रेमराजा गिरीले यस कुठी निर्माण गरी पुजापाठ सुरु गरेको किवदंन्तीमा उल्लेख छ । उनीले एक सय आठ वर्षसम्म यहाँ पुजापाठ गरेको बताइन्छ । उनको निधन भएपछि स्थानीयहरूले यसको संरक्षण प्रबद्र्धन गरेको स्थानीयहरु बताउँछन् ।गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले यस मन्दिरको प्रचार प्रसार गर्ने बताए । प्रचार प्रसार नहुँदा ओझेल जस्तै परेको यस क्षेत्रलाई उचित संरक्षण गरी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताए । यस मन्दिरको विशेष महत्व रहेको उनको भनाई छ।

विशेष गरी यहाँ शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । उक्त मेलामा नेपाल लगायत भारतबाट पनि भक्तजनहरू आउने गरेका छन् । हजारौं भक्तजनहरु यहाँ सम्म पुग्ने स्थानीय लोकराज आचार्यले जानकारी दिए। जनप्रतिनिधिहरूले सकारात्मक सोचले यस धार्मिक स्थललाई व्यवस्थित गर्नु पर्ने उनको भनाई छ । मन्दिर भएको  ठाउँमा बस्ती छैन् । जंगलले घेरिएको यो स्थान एक पवित्र स्थल हो ।
सम्भावना
प्रदेशको महत्वपुर्ण धार्मिक क्षेत्र बन्न सक्ने सम्भावना बलियो छ । प्रदेश राजधानी सुर्खेतसंग जोडिएको जिल्ला सल्यान । सुर्खेत–सल्यान सडक निर्माण भईरहेको छ । उक्त सडक निर्माण पश्चात् सर्खेतबाट सल्यानको यात्रा छोटो दुरीमा हुन्छ । सुर्खेत सम्म पुग्ने पर्यटकहरुलाई यहाँ सम्म ल्याउन सक्नु पर्छ।

सल्यान–दाङ पनि जोडिएको जिल्ला भएकाले सुर्खेत–सल्यान–दाङ हुँदै पर्यटकको रूट निर्माण गर्न जरुरी छ । यता दाङबाट आउने पर्यटकलाई दाङ–सल्यान–सुर्खेत रुट निर्माण गर्न आवश्यक छ । पर्यटकहरु यहाँ पुगेँ यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक रुपमा विकास हुने सम्भावना बलियो छ ।
 

प्रकाशित: २९ वैशाख २०७५ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App