६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव

जिल्ला अस्पतालमा बिरामीका आफन्त र सुरक्षाकर्मी। तस्बिर : भागिश्वर लिम्बु

तेह्रथुम– तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् । 

चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । 

सुत्केरी ब्यथा लाग्ने औषधि दिएपछि सन्तमायाको मृत्यु भएको भन्दै परिवार र महिला अधिकारकर्मीहरूले अस्पताल प्रशासनको चरम लापरबाही भन्दै विरोध गरेका छन् ।

सुत्केरी व्यथा लागेर सुरक्षित सुत्केरीका लागि शनिबार दिउँसो अस्पताल आएकी मगरको उपचार राम्रोसँग नगरेको आफन्तले आरोप लगाएका छन् । रत्नमायाको शवबेडमै राखिएको छ । 

पत्नीको मृत्युपछि उनका पति टेकबहादुर मगर भने अचेत अवस्थामा अस्पतालको गेट बाहिर बसिरहेका छन् । अचेत अवस्थामा रहेका उनका पतिलाई उपचार गराउनका सट्टा अस्पताल परिसरमा सुरक्षामर्कीले सुरक्षा दिइरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले घट्नाबारे आफूलाई अस्पताल प्रशासनले कुनै जानकारी नगराएको बताए । जिल्ला अस्पतालका डाक्टर मुक्ति नारायण शाहले भने आफू जिल्ला बाहिर रहेको बताए ।

प्रकाशित: २५ वैशाख २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App