१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सिंजाको सडक किनारमा एक पुरुष मृत फेला

जुम्लाको सिंजा गाउँपालिकामा शनिबार बिहान एक पुरुष सडक किनारमा मृत अवस्थामा फेला परेका छन्।

सिंजा गाउँपालिका-३ का ५५ वर्षीय नवीन घर्ती पिपलानी नराकोट भुलीस्थित कच्ची सडकमा मृत भेटिएका हुन्।

शनिबार बिहान करिब साढे ६ बजे स्थानीयले सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। नराकोट प्रहरी चौकीका हवल्दार दीपक गुरुङले घर्तीको शव फेला परेको पुष्टि गर्दै मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरी निरीक्षक रोहित रसाइलीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको छ। उक्त टोलीले घटनास्थलको मुचुल्का उठाउने तथा विस्तृत अनुसन्धान थाल्ने तयारी गरेको छ।

प्रहरीका अनुसार, मृत्युको कारण र घटनाको परिस्थिति पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्र खुल्नेछ।

प्रकाशित: २४ जेष्ठ २०८२ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App