विराटनगर- जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा विहीबार अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ।
जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताए। बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन्। यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन। बयान लिने काम शुक्रबार पनि जारी रहनेछ।
निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ। जिल्ला अदालत मोरङमा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएको छ।
प्रकाशित: २० वैशाख २०७५ १६:४७ बिहीबार