१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सिफलमा यस्तो देखियो राजावादीको आन्दोलन (तस्बिरहरू)

राजसंस्था पुनर्स्थापनाको माग गर्दै मंगलबार काठमाडौंको सिफलमा प्रदर्शन गरिएको छ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको उक्त प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि सहभागी थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल, बल्खु र कोटेश्वर बाहेक राजधानीका अन्य अधिकांश स्थानमा प्रदर्शनमा रोक लगाएपछि राजावादी समूहले अनुमति प्राप्त क्षेत्र सिफलमा आफ्नो कार्यक्रम केन्द्रित गरेको हो।

प्रदर्शनकारीहरूले वर्तमान व्यवस्था खारेज गरी राजसंस्थाको पुनर्स्थापना नभएसम्म आफूहरूको आन्दोलन नरोकिने अडान व्यक्त गरेका छन्।

पछिल्लो समय विभिन्न राजावादी दल तथा समूहहरूले काठमाडौंलाई केन्द्र बनाएर निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्। जसले राजधानीको सुरक्षा व्यवस्थापनमा समेत चुनौती थपिएको छ।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक 

प्रकाशित: २० जेष्ठ २०८२ १६:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App