२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पा– डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्।
डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

पक्राउ गर्दा ५१ जना समातिएको भएपनि २ जना भने अन्धाधुन्द दौडेर भागेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। पक्राउ पर्नेमा ११ महिला पनि छन्। उनीहरु सबै जिल्ला बाहिरबाट आएको खुलेको छ।

निकुञ्ज र सुरक्षा निकायको संयुक्त गस्ती टोलीले सोमबार राति ११ बजे उनीहरुलाई पक्राउ गरी सुलिगाडमा ल्याइएको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिए।

यार्सागुम्बा पाटन खुल्नु अगावै यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि विभिन्न नाका र यार्सापाटनको सुरक्षा व्यबस्था कडाई पारिएको निकुञ्जले जनाएको छ।

प्रत्येक बर्ष जेठदेखि असारसम्मको एक महिना अवधिमा चल्ने यार्सागुम्बा सिजनलाई व्यवस्थित बनाउन निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीहरुको संयुक्त गस्ती टोली पनि परिचालन गरिएको छ।

अघिल्ला बर्षहरुमा जेठ १० गते मात्रै संकलनका लागि खुला गरिने यार्सापाटनहरु यस बर्ष भने जेठ १ गमै खुला गरिन लागेको हो।
 डोल्पाका कागमारा, जगदुल्ला, माझफालवन, कुनासा, डोप्के, भान्का, ठांगे, टाङ्टुङ्गे, नुमला, छोयला, सागर, बासुदा, फूलवारी, नावरपानी, चाहारा, साइकुमारी, माटे, लगायतका दर्जनौ पाटनहरुमा यार्सागुम्बा पाइन्छ। 

पाटन खोल्नुअघि पाटनबाट यार्सागुम्बा चोरेर संकलन नहोस् भनेर विभिन्न पाटनका सम्बन्धित मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिहरु, चोरिशिकार नियन्त्रण समितिहरु, स्थानीय तहका पदाधिकारीहरु, स्थानीय समुदाय, निकुञ्ज र नेपाली सेनाले पाटनहरुमा संयुक्त गस्ती गरिरहेको संरक्षण अधिकृत चौधरीले बताए।

यसअघि अघिल्लो सोमबार अवैध रुपमा यार्सागुम्बा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरेर निकुञ्जको हिरासतमा राखिएको छ।

प्रकाशित: १८ वैशाख २०७५ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App