१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चित्तल मार्ने छजना पक्राउ

कैलाली – कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले चित्तलको मासु र काट्न प्रयोग भएको हतियारसहित छजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ का गोरखबहादुर सिंह, भक्तबहादुर थापा, रनबहादुर थापा, पदम विक, छत्रबहादुर शाही र बाजु चौधरी रहेका छन्। पक्राउ परेकामाथि कानूनी कारबाहीका लागि कैलालीको लम्कीस्थित सेक्टर वन कार्यालयमा पठाइएको छ।

यसैबीच, भारतको लखिमपुर निवासी अंकित बिच्छोतलाई त्रिनगर भन्सार सीमानाकाबाट सोमबार लागूऔषध नाइट्रोभेट ९२ ट्याब्लेट र स्पास्मो प्राक्सोभन २९ ट्याब्लेटसहित पक्राउ गरी अनुसन्धान थालिएको पनि जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रासस

प्रकाशित: १८ वैशाख २०७५ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App