२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

वैवाहिक बलात्कारमा सफाइ पाएपछि कारागारमुक्त भए निलम्बित न्यायाधीश गिरी

निलम्बित न्यायाधीश भुवन गिरी कारागारमुक्त भएका छन्। उच्च अदालत, पाटनले सफाइ दिएपछि गिरी आज (सोमबार) बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन्।

वैवाहिक बलात्कार मुद्दामा हिजो (आइतबार) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो।

जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो।

उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो। उच्चकी सूचना अधिकारी पार्वती हितानका अनुसार पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको हो।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो।

 

प्रकाशित: १ वैशाख २०८२ १३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App