१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रातभरको प्रयासपछि पनि उठेन विस्का जात्राको लिंगो

रातभरको प्रयासपछि पनि आइतबार विस्का जात्राको ल्योसिँद्य (लिंगो) उठाउन सकिएन। भक्तपुरको विस्का जात्रामा उठाइने ५५ हात लामो लिंगो आइतबार राति १ बजेसम्म उठाउने प्रयास भए पनि सोमबार बिहानसम्म त्यो सम्भव भएन। 

नउठेको लिंगोलाई आज उठाएर आजै ढाल्ने परम्परा छ। आज दिउँसो उठाउन सकिए पनि ढाल्ने काम साँझ मात्रै हुने परम्परा छ।

दशकपछि यो वर्ष लिंगो उठाउन नसकिएको हो। विगतमा पनि कहिलेकाहीँ तोकिएको दिनमा लिंगो उठाउन सकिएको थिएन्। ५५ हात लामो र ठूलो लिंगो उठाउन सयौँ युवालाई घण्टौँ समय लाग्छ।

प्रकाशित: १ वैशाख २०८२ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App