१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कसले भेट्टायो टुँडालदेवीको हराएको गहना ? (तस्बिरहरु)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

चैत्रशुक्ल पूर्णिमाका दिन टुँडालदेवीको परम्परागत गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यो जात्रा हरेक वर्ष चन्द्र पात्रोअनुसार चैत्रशुक्ल प्रतिपदादेखि सुरु हुन्छ र पूर्णिमाको मुख्य दिन विशेष रूपमा मनाइन्छ।

जात्राको मुख्य आकर्षणका रूपमा भाटभटेनीको मूर्तिलाई टुँडालदेवी मन्दिरमा ल्याइन्छ।

प्राचीन कथनअनुसार, छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्। यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् ।
त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको हो।

जात्रामा टुँडालदेवी (आमा), भाटभटेनी (छोरी-ज्वाइँ), नक्साल भगवती, मनमानेश्वरी, धुम्बाराही, धनगणेशलगायतका देवी-देवताहरूको खटजात्रा आयोजना गरिन्छ।

यो जात्रा राजा मानदेवको पालादेखि चल्दै आएको मानिन्छ। यो पखरीलाई गहना पोखरीको रुपमा चिनिन्छ। टुँडालदेवीको गहना खोज्नकै लागि प्रत्येक वर्ष यो जात्रा मनाउने परम्परा रहिआएको मान्यता छ।

हेर्नुहोस् तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ३१ चैत्र २०८१ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App