२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

हुण्डी कारोबारमा संलग्न महिला ९ लाख सहित पक्राउ

काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड क्षेत्रबाट हुण्डी कारोबारमा संलग्न एक महिला पक्राउ परेकी छन्। प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा शनिबार दिउँसो उनलाई पक्राउ गरेको हो।

गोरखा जिल्लाको पालुङटार नगरपालिका–१०, वागडाडा घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी १९ वर्षीया करिना देवकोटा शंकास्पद गतिविधिमा संलग्न रहिरहेको अवस्थामा फेला परेकी थिइन्।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर खानतलाशी गर्दा करिब ९ लाख नेपाली रुपैयाँ नगद, ६ लाख रुपैयाँ बराबरको एक थान चेक र एक थान मोबाइल फोन बरामद गरेको छ।

घटनासँग सम्बन्धित थप तथ्य संकलनका लागि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा देवकोटा हुण्डी कारोबारको संलग्नतामा रहेको पुष्टि भएको जनाइएको छ।

प्रकाशित: ३१ चैत्र २०८१ १९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App