२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

लेक लागेर मृत्यु भएका चिकित्सकको शव परीक्षण हुँदै

सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार शुक्रबार तनहुँको भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष सिग्देलको मृत्यु भएको हो।

मकालु बेसक्याम्पतर्फ जाने क्रममा चार हजार दुई सय मिटर उचाइमा उनलाई लेक लागेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। 

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ। दुर्गम भूगोल र जटिल अवस्थाका कारण शव आइतबार (आज) मात्र खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३१ चैत्र २०८१ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App