२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

चैतमा ३८ हजार बढीले गरे पाथीभरा दर्शन

ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा चैत महिनाभर ३८ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार, चैत ३० गते शनिबार मात्र ५ हजार ५ सय ७५ दर्शनार्थी मन्दिर पुगेका थिए।

यसअघि चैत २९ गतेसम्म ३३ हजार २ सय ७३ भक्तजनले मन्दिरको दर्शन गरिसकेकोमा शनिबारको संख्यालगत्तै कुल दर्शनार्थी संख्या ३८ हजार ८ सय ४८ पुगेको समितिले जनाएको छ।

अघिल्लो शनिबार अर्थात् चैत २३ गते मात्र ७ हजार १ सय ४६ जना दर्शनार्थी पाथीभरा पुगेका थिए।

प्रकाशित: ३० चैत्र २०८१ १८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App