२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जाजरकोट केन्द्र भएर भूकम्पको धक्का महसुस

विनाशकारी भूकम्पबाट उठ्न नसकेको जाजरकोटमा फेरि भूकम्पले धक्का दिएको छ। जाजरकोटको पैंक केन्द्र भएर ५.२ म्याग्निच्युटको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बेलुका ८ः०७ बजे भूकम्प गएको हो। भूकम्पबाट क्षति भए नभएको कुनै जानकारी आइसकेको छैन। 

गत वर्ष कार्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो। 

प्रकाशित: २२ चैत्र २०८१ २०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App