२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कोजाग्रत पूर्णिमामा कोशी प्रदेशमा सार्वजनिक बिदा

कोशी प्रदेश सरकारले २०८२ सालदेखि कोजाग्रत पूर्णिमाको दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए।

प्रदेश सरकारले विभिन्न जातजातिका चाडपर्वमा पनि बिदा दिने भएको छ। सन्थाल, उराउ, धिमाल, कुरुङ र माझी समुदायका कर्मचारी तथा पेसाकर्मीहरूलाई आ-आफ्ना चाडपर्वमा बिदा प्रदान गर्ने निर्णय गरिएको भण्डारीले बताए।

यस्तै, राधाकृष्ण रथ यात्राको दिन झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता भण्डारीले उल्लेख गरे।

बैठकले मोरङको केराबारी गाउँपालिका-९ लाई टुक्राउन संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: १९ चैत्र २०८१ २०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App