१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

राजावादीहरूले हाने प्रहरीलाई ढुङ्गा, तीनकुने क्षेत्र तनावग्रस्त

काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन तनावग्रस्त बनेको छ।

राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। त्यसभन्दा अगाडि प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

यसअघि पनि उनीहरू बानेश्वरतर्फ जान खोजेपछि झगडा भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका थिए।

राजावादीहरूले प्रहरीलाई ढुङ्गा हानेका छन्। अहिले तीनकुने क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। 

प्रकाशित: १५ चैत्र २०८१ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App