२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

टाटा सुमोको ठक्करबाट मृत्यु

बारा – जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना १ ज ७४९७ नं को सुमोले विपरीत दिशातर्फ जाँदै गरेको ना १८प ८१०५ नं को मोटरसाइकललाई ठक्कर दिँदा चौधरी घाइते भएका थिए।

घाइते चौधरीको उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयर लागिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै पठाइएकामा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ।   (रासस)

प्रकाशित: ११ वैशाख २०७५ ०९:५७ मंगलबार

टाटा सुमोको ठक्करबाट मृत्यु