२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १३ जना पक्राउ, ९४ सवारी नियन्त्रणमा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार काठमाडाैंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको अवस्था हेरेर उनीहरूविरुद्ध मुद्दा चलाउने वा छाड्ने निर्णय हुने प्रहरीले जनाएको छ।

त्यस्तै, प्रहरीले होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ९४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

प्रकाशित: २९ फाल्गुन २०८१ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App