१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

प्रशासकीय अधिकृत गुरागाईंमाथिको छानबिनबारे खुलाउन मन्त्रालयले लेख्यो महानगरलाई पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि भइरहेको छानबिन कार्यको स्थिति खुलाउन भन्दै काठमाडौं महानगरलाई पत्र लेखेको छ।

मन्त्रालयले फागुन १५ गते महानगरलाई पत्र पठाएर छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाउन भनेको छ।

‘प्रस्तुत विषयमा तहाँको चलानी नम्बर ४५०, मिति २०८१/०९/२४ गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो। सो सम्बन्धमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिन कार्यको स्थितिबारे स्पष्ट खुलाई पठाइदिनुहुन मिति २०८१/११/१५ को निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै गुरागाईंमाथि महानगरले छानबिन सुरु गरेको थियो। छानबिनका लागि  

काठमाडौं महानगरले पूर्वसचिव शंकरप्रसाद पाण्डे नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदन बुझाएको छैन। आजभोली नै प्रतिवेदन आउने महानगरले जनाएको छ।  

प्रकाशित: १९ फाल्गुन २०८१ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App