१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

केआइआइटीमा प्रकृतिको मृत्युपछि तनाव, पक्राउ परेका पाँच जना जमानतमा छुटे

ओडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा आइतबार नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि मंगलबार तीन निर्देशक र दुई सुरक्षाकर्मीलाई जमानत दिइएको छ। न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी-२ (जेएमएफसी-२) अदालतले २० हजार भारतीय रुपैयाँको धरौटीमा उनीहरूलाई रिहा गरेको ओडिसा टिभीले उल्लेख गरेको छ।

भुवनेश्वर प्रहरीले पक्राउ गरेका यी पाँच जनालाई अदालतमा पेश गरेको थियो। पक्राउ पर्नेहरूमा शिवानन्द मिश्रा (५९), मानव संसाधन महानिर्देशक; प्रताप कुमार चम्पती (५१), प्रशासन निर्देशक; सुधीर कुमार रथ (५९), छात्रावास निर्देशक; रमाकान्त नायक (४५) र जोगेन्द्र बेहरा (२५), दुवै केआइआइटीका सुरक्षा गार्ड छन्।

घटनापछि केआइआइटीमा विद्यार्थीहरूले मौन प्रदर्शन गरेका छन्, जसमा नेपाली छात्राहरूमाथि कथित शारीरिक आक्रमण र छात्रावासबाट निकालिएको आरोप लगाइएको छ। स्रोतका अनुसार, विश्वविद्यालयका कर्मचारी र सुरक्षाकर्मीले नेपाली विद्यार्थीहरूलाई कुटपिट गरेका थिए। प्रकृतिको मृत्युसँग जोडिएका उनका साथी अड्विक श्रीवास्तवलाई न्यायिक हिरासतमा राखी अनुसन्धान जारी छ।

ओडिशा सरकारले मंगलबार गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा उच्चस्तरीय तथ्य-खोज समिति गठन गरेको छ। समितिमा महिला तथा बाल विकास र उच्च शिक्षा विभागका उच्च अधिकारीहरू सदस्य छन्। सरकारले तत्काल कारबाही गर्दै संलग्न सुरक्षाकर्मीहरूलाई गिरफ्तार र गलत काममा संलग्न अधिकारीहरूलाई निलम्बन गरेको छ।

प्रकाशित: ७ फाल्गुन २०८१ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App