१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा दरपीठ

पाथीभरा केबलकार निर्माणविरुद्धको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट निवेदनमा दरपीठ (दर्ता गर्न अस्विकार हुने) आदेश गरेका हुन् ।

आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्र कुमार लिम्बुले ३ फागुन, २०७७ मा दर्ता गरेको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन भएको र त्यही विषयमा पुरक निवेदन समेत परेको भनी सर्वोच्च अदालतले नयाँ निवेदन दर्ता गर्न अस्वीकार गरेको हो ।

प्रकाशित: २९ माघ २०८१ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App