१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सहकारी पीडितको तर्फबाट चितवनमा पनि दिनेश त्रिपाठीले बहस गर्दै

जिल्ला अदालत चितवनमा रवि लामिछानेको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी छ ।

अहिले जाहेरवालातर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्। जाहेरवालातर्फबाट तीन जना कानुन व्यवसायीले बहस गर्ने भनिएता पनि अहिले त्यो नाम बढेको छ।

जाहेरवालाहरूको तर्फबाट थप वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गर्ने भएका छन्। त्यस्तै वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्ने छन्। 

जाहेरवालातर्फका वकिलहरूको बहस सकिएपछि  प्रतिवादीको तर्फबाट बहस सुरु हुने छ। प्रतिवादी रविको तर्फबाट बहस गर्न दुई जना वरिष्ठ अधिवक्तासहित १० जनाको वकालतनामा दर्ता गराएका छन्।

लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरू डा नारायण दत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले, गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिम्सेनासहित १० जनाले बहस गर्ने अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए।

प्रकाशित: २४ माघ २०८१ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App