११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

रकम भुक्तानी गर्न सरकारलाई निर्माण व्यवसायीको अन्टिमेटम

पुस २७ पछि आन्दोलनमा जाने चेतावनी

निर्माण व्यवसायीहरू तत्काल भुक्तानी नपाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूले भुक्तानीका लागि पुस २७ गतेसम्मको अल्टिमेटम दिएका हुन्।  

पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले पुस २७ गतेभित्र भुक्तानी नदिए काठमाडौँमा देशभरका निर्माण व्यवसायीलाई भेला गराएर आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिए। सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने उनको भनाइ थियो।

भुक्तानीका लागि सरकारसँग बारम्बार आग्रह गर्दा पनि नसुनेपछि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै महासचिव दाहालले दुई वर्ष अघिदेखिको भुक्तानी पाउन नसकेको गुनासो गरे।  

निर्माण सामग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी अभाव सिर्जना गरेको दाबी गर्दै दाहालले समयमा भुक्तानी नदिँदा किस्ता तिर्न नसकेर बैंकले समेत कालोसूचीमा राख्ने अवस्था आएको बताए।

प्रकाशित: १८ पुस २०८१ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App