१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सहकारी प्रकरणमा लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा

सहकारी ठगी प्रकरणमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको छ।

बिहीबार सरकारी वकिलको कार्यालयले मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अञ्जला कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ। अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन्।

प्रकाशित: २८ मंसिर २०८१ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App