१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जातीय हिंसा सह्य हुँदैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले धार्मिक आवरणमा हिंसा मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउनेहरु सक्रिय भएको भन्दै गृहमन्त्री थापाले त्यस्ता तत्वलाई  सरकारले कारबाहीको दायारमा ल्याउने बताएका हुन्।

धर्मगुरु श्रीनिवास आचार्यमाथि गत आइतबार विराटनगरमा भएको गोली प्रहारमा  संलग्नलाई कारबाही गर्न माग राख्दै मंगलबार गृह मन्त्रालय पुगेका विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका प्रतिनिधिसँग थापाले यस्तो बताएका हुन् । उनीहरुका तर्फबाट ज्ञापनपत्र  लिँदै गृहमन्त्री थापाले घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परिसकेको र अन्यबारे खोजबिन जारी रहेको जानकारी दिए।

थापाले उक्त घटनाले आपूmलाई दुःखित बनाएको बताए । ‘घटनामा संलग्नहरुको पहिचान गर्न र कारबाहीको दायरामा ल्याउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको छु,’ थापाले भने, ‘जाति र धर्मका नाममा सबैलाई जुधाएर देशलाई अस्थिरतातर्फ लैजान केही तत्व  सक्रिय भएका छन् । उनीहरुलाई कारबाहीको दायरमा ल्याइनेछ,’ थापाले भने।

उनले घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्ने बताए । ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, घटनाको छानबिन गर्न आयोग गठन गर्नुपर्ने, सनातन हिन्दु धर्ममाथिको आक्रमण रोकिनुपर्ने, घाइते आचार्यको उपचार खर्च सरकारले व्यहोर्नुपर्नेलगायतका माग राखेका थिए ।
 

प्रकाशित: २८ चैत्र २०७४ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App