९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

एघार किलो गाँजासहित सर्लाहीबाट दुई समातिए

.

सर्लाही प्रहरीले ११ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सर्लाहीका एक जना र सिन्धुलीका एक जना रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायव निरीक्षक अमेन्द्र राय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–१६, गंगापुरस्थित बागमती नहरको बाटो हुँदै उत्तरबाट दक्षिणतर्फ गइरहेको बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकल जाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका–८, पाँचतलेका दुप्सन थिङ र मोटरसाइकलमा पछाडि सवार सर्लाही हरिवन नगरपालिका–४, तिनघरेका ३० वर्षीय सागर लामा रहेका छन्।

उनीहरुले बोकेको कालो झोलाबाट ११ किलोग्राम गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर बरहथवामा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०८१ १८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App