१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

धादिङको सिस्ने खोलामा आजदेखि सडक आंशिक बन्द

त्रिभुवन राजपथ धादिङको धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला क्षेत्रमा आजदेखि आंशिक रूपमा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै एक हप्ताका लागि सडक आंशिक बन्द गर्न लागिएको जानकारी दिएको हो। 

नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले मङ्सिर ५ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आंशिक रूपमा बन्द हुने सूचनामा उल्लेख छ।

सो अवधिमा हरेक दिन सडक २० मिनेट बन्द र २० मिनेट खुला हुनेछ। एम्बुलेन्स र सुरक्षा निकायका गाडी भने चल्न पाउँनेछन्।

प्रकाशित: २९ कार्तिक २०८१ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App