६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण

तिहारको अवसरमा देउसि भैलोबाट संकलित रकमले स्टेचर वितरण गरेको छ । 

जुम्लाको हिमा गाउँपालिका ( ३ मा मोफ्लामा रहेको राहदेब हरियालि देउसि भैलो टिमले स्टेचर खरिद गरि वितरण गरेको हो।मोफ्ला गाउँमा ७ वटा, चेमा र जोगिवाडा गाउँमामा १/१ वटा स्टेचर देउसि भैलोबाट संकलित रकमबाट खरिद गरि वितरण गरिएको युवा राजेन्द्रवहादुर रोकायाले बताए । 

देउसि भैलोबाट संकलित १ लाख १९ हजार रकम मध्ये ३९ हजार ६ सय रुपैयाँको स्टेचरमा लगानी गरिएको उनको भनाइ छ ।हिमा- ३ को मोफ्ला, चेमा र जोगिवाडा गाउँ राष्ट्रिय राजमार्गसँग नजोडिएको हुनाले विरामीलाई स्वास्थ्य संस्था सम्म लैजान सहजताका लागि स्टेचर वितरण गरिएको हिमा गाउँकार्यपालिका सदस्य परिलाल विकले बताए।

विकटताका कारण घण्टौं हिँडेर बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउनु पर्ने भएकाले सहजताका लागि स्टेचर दिइएको हो ।गाउँमा स्टेचरको समस्या हुँदा कम्बल वा अन्य उपाए लगाएर स्वास्थ्य संस्थासम्म विरामी बोकेर लिनु पर्ने बाध्यता रहेको  रोकायाले बताउँछन्।

बस्तीमा यातायातको पहुँच नपुगेकाले गर्भवती, सुत्केरी, बिरामी र विपद्का घटनामा घाइते भएकालाई तत्काल अस्पताल सम्म पुर्याउन स्टेचर आवश्यक पर्ने उनको भनाइ छ।

यस्तै, साथै देउसि भैलोबाट संकलन भएको रकमले मोफ्लागाउँमा रहेको खानेपानीको ट्रयाङ्किको गेटबल समेत मर्मत गरिएको छ । देउसि भैलाबाट संकलित रकम सामाजिक काममा खर्चिएको राहदेव हरियालि देउसि भैलो टिमका अध्यक्ष हर्कवहादुर रोकायाले बताए।

प्रकाशित: २५ कार्तिक २०८१ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App