९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

सताक्षीधाम मन्दिरका अध्यक्ष सहित जुवाडे पक्राउ

जुवा जन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगद सहित १८ जना पक्राउ परेका छन्। वडा नम्बर ११ ब्यांगडाडा स्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ। 

प्रहरीका अनुसार उनीहरुको साथबाट ४ लाख ५४ हजार ५ सय नगद पनि बरामद भएको छ। पक्राउ पर्नेमा शताक्षी धाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बास्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्। 

यस्तै वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजू दर्जी पक्राउ परेका हुन्। 

यस्तै वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमक राखिएको छ। शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। 

दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ। नजिकको प्रहरीलाई जानकारी नै नदिई दमक प्रहरीले तास खेलिरहेका १८ जनाको समूहलाई पक्राउ गर्नु रहस्य भएको हुन सक्ने अनुमान गरिएको छ। 

प्रकाशित: २३ कार्तिक २०८१ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App