७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

दोलखामा भूकम्प गयो

दोलखा जिल्लाको ओराङ आसपास केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको छ।

बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता निरन्तर स–साना भूकम्पको परकम्प गइरहेको केन्द्रले उल्लेख गरेको छ ।

प्रकाशित: २२ कार्तिक २०८१ २०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App