१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सन्तमाथी आक्रामणको निन्दा

काठमाडौं– सन्तगुरु तथा गौ रक्षक श्री निवासाचार्य माथी शनिवार राती भएको आक्रामणको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भत्सर्ना गरेको छ। संगठनका अध्यक्ष प्रकाश रिमालले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।

यस्तै हिन्दु युवा जनशक्ति संघ नेपालले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ। संघका अध्यक्ष विकास ठाकुरले सो घटनाको घोर निन्दा एव भत्सर्ना गर्दै घटनामा संलग्नलाई खोजी गरी तत्काल कारवाहीको दायरामा ल्याउनसमेत माग गरेका हुन। शुक्रवार राती २ वजे अज्ञात व्यक्तिले गोली प्रहारवाट घाइते श्री निवासाचार्यको विराटनगरमा उपचार भईरहेको छ।

हिन्दुवादी सन्त नेता माथी भएको यस घटनाले सम्पुर्ण सनातन धर्मालम्वीहरुलाई दु:खी वनाएको संघको भनाई छ। ‘अपराधी प्रवृतिका तत्वद्धारा घटाइएको यसघटना प्रति गम्भिर वन्दै हिन्दु समाजमा बढदो त्रासको अन्त्य गर्दै शान्ति सुरक्षाको वातावरण सिर्जना गर्नका लागि संघ नेपाल सरकार समक्ष माग गर्दछ,’ अध्यक्ष ठाकुरद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २५ चैत्र २०७४ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App