१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा

बुटवल – बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो झण्डै ५ घण्टापछि नियन्त्रणमा आएको छ ।

बुटवल उपमहानगरपालिका–८  सुख्खानगरमा रहेको भाटभटेनीमाा बिहान करिब चारबजेदेखि आगो लागेको थियो।  बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका र नवलपरासीको रामग्राम नगरपालिकाको दमकलकाे सहयाेगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केशब भट्टराइले बताए।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना ठुलो संख्यामा परिचालित  थिए। बिद्युतीय साम्रग्री रहेको पसलको चौथो तलाबाट आगो सल्किएकाले बिद्युत सर्ट भएर आगो लगोको हुन सक्ने प्रहरीले जनाएको छ। क्षतीको थप बिवरण आउँन बाँकी छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App